खाद्य विभागद्धारा १२८ उद्योग तथा व्यवसायको बजार अनुगमन

२०८१ आश्विन १३ गते प्रकाशित

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अघिल्लो हप्ता १२८ उद्योग तथा व्यवसायमा पुगेर बजार अनुगमन गरेको छ । २०८१ असोज २ देखि १० गतेसम्म विभाग तथा मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमन गरिएको थियो ।

खटिएको अनुगमन टोलीले १२८ वटा खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन तथा कारबाही गरिएको छ । अनुगमन क्रममा ६१ वटा विभिन्न किराना पसल तथा मार्ट, ४१ वटा होटल÷रेस्टुरेन्ट, २४ वटा खाद्य उद्योग र २ वटा डायटरी सप्लिमेन्ट विक्रेताको निरीक्षण अनुगमन गरिएको छ ।

निरीक्षणका क्रममा ललितपुर २३, धापाखेल स्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्डहरु र अभिलेख नपाइएको हुँदा खाद्य बमोजिम नमूना संकलन तथा हाललाई उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ्ग गर्ने स्थान सिलबन्दी गरिएको छ ।

यसैगरि धापासी–०६, स्थित सनराइज वेभेरेज नेपाल प्रालिमा निरीक्षणका क्रममा अनुमतिपत्र नवीकरण नभएको र अर्कैको नामको कम्पनीको जारमा पानी फिलिङ्ग गरी विक्री गरेको पाइएको हुँदा प्रशोधन कक्ष सिल गरिएको र अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

असोज ६ गते अर्जुन डेरी प्रालि नयाँ बानेश्वर सिलबन्दी गरिएका ढुसी लागेको बटर, घ्यू र चिज स्थानीय जानप्रतिनिधिको रहोवरमा २४० के जी वटर, २५ के जी चीज र ४४ के जी घ्यू नष्ट गरिएको छ । यसै गरि असोज ७ गते प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रसोधन केन्द्र, गोदावरी नगरपालिका ११ ललितपुरको शिलबन्दी गरिएका नक्कली घ्यू स्थानीय प्रतिनिधिको रहोवरमा ९५ के जी घ्यू नष्ट गरिएको छ ।

मिति २०८१र०५र२९ गते प्राप्ति फुड प्रडक्ट्स, सिनामंगल(९, काठमाडौँको घ्यूको गुणस्तर विश्लेषण प्रतिवेदन न्यूनस्तरको आएको हुँदा मिति २०८१र०६र१० गते स्थानीय जिल्ला प्रशासनका प्रतिनिधिको रहोवरमा ८० के जी घ्यू र ३० के जी नौनी नष्ट गरिएको
ियसै गरी उपभोग्य मिति समाप्त भएका, लेबल विवरण नभएका र उचित तवरले भण्डारण नगरेका चाउमिन ६ थान, खुवा ६० केजी, खाद्य रङ्ग, मापदण्ड भन्दा बढी खाद्य रङ्ग प्रयोग गरिएको पुरी २ केजी, बिस्कुट, ससेज ४ केजी, बिरयानी मसला ५ केजी, मह ४ किलो, कोदोको पिठो ६ किलो, पेय पदार्थ ५१ बोतल, चिली हटससलगायत अन्य खाद्य पदार्थ करिब १०,८५० बराबरको जफत नष्ट गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सम्पूर्ण खाद्य व्यवसायीहरुलाई लेबल विवरण नभएका खाद्य पदार्थ विक्री वतरण नगर्न, सरसफाईमा विशेष ध्यान दिन, खाद्य वस्तु खरिद विक्री गर्दा लेवल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख्न, मसिजन्य पत्रिकामा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिइ खाद्य व्यवसाय संचालन नगर्न निर्देशन दिइएको विभागले जनाएको छ । निरीक्षणका क्रममा कमी कमजोरी देखिएका करिब १३ वटा खाद्य व्यवसायीहरुलाई बयानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

खाद्य उद्योग एवं व्यवसायहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निषेधित कार्यहरु नगर्न नगराउन सम्पूर्ण खाद्य व्यावसायीहरुलाई अनुरोध र अन्यथा ऐन नियम बमोजिम कारबाही हुने विभागका प्रक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।