काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण ्विभागले एकैदिन १२ वटा उद्योग तथा व्यवसायमा पुगेर अनुगमन निरीक्षण गरेको छ । विभागको तीनवटा अनुगमन टोलीले सोमबार काठमाडौँ उपत्यका भित्र चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमन गरिएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम १२ वटा खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन तथा कारबाही गरिएको छ । जसमा सरन मिनरल वाटर एण्ड वेभेरज प्रालि टोखा–८ अनुमतिपत्र नवीकरण नभएको, सरसफाईमा कमी रहेको, प्रशोधन कक्ष अव्यवस्थित रहेको पाइएको थियो । त्यस्तै, रियल माउन्ट एभरेस्ट वेभेरज प्रालि टोखा(८, ग्रिनल्याण्ड, काठमाडौँ सरसफाईमा कमी रहेको र कुचिएको जार प्रयोग गर्ने गरेको, ७ थान कुचिएको जार नष्ट गरिनुका साथै अभिलेख व्यवस्थित तवरले राख्न निर्देशन दिएको छ ।
सिटि मिनिरल वाटर एण्ड वेभेरज प्रालि, टोखा–८, ग्रिनल्याण्ड, काठमाडौँ सरसफाई सन्तोषजनक रहेको, कुचिएको जार छुट्टै राखेर अभिलेख राख्न निर्देशन दिएको छ । ग्रीनल्याण्ड मिनिरल वाटर एण्ड वेभेरज प्रालि,कालिका रेष्ट्रो एण्ड चमेना गृह, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौ, फेमस समोसा खाजाघर, चन्द्रागिरी–१२ बर्गर किंग एण्ड क्रंची फ्राइड चिकेन, चन्द्रागिरी–१२, गुर्जुधारा, क्रिस्पी चिकेन एण्ड पिज्जा हब प्रा।लि।, चन्द्रागिरी–११ निशान मार्ट, चन्द्रागिरी–११, बर्गर हाउस एण्ड क्रंची चिकेन हाउस, चन्द्रागिरी–११, सतुंगल र टावर फुड ल्याण्ड, चन्द्रागिरी–११, सतुंगललाइ कैफियत देखिएकाले कमी कमजोरी सुधार्न निर्देशन दिएको छ ।