बाढी र पहिरोमा बेपत्ता हुनेको खोजी कार्य गर्न साना किसान सहकारीको अपिल

२०८१ आश्विन १४ गते प्रकाशित

काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी पहिरोमा वेपत्ता हुनेहरुको तत्काल खोजी कार्य अघि बढाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ । संस्थाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानका घटनाले पु¥याएको धनजनको क्षतिका कारण स्तब्ध भएको विज्ञप्तीमार्फत जनाएको छ ।

सहकारी संस्थाले बाढी पहिरोका घटनामा परी कतिपयले ज्यान गुमाएको र धेरै बेपत्ता भएकाले राहत र उद्धारमा जुट्न सरकार र सम्वन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण हताहती भएकाहरुको उद्धार र राहतका कार्यक्रममा संलग्न नेपाल सरकारका सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक र सहकारी संघ संस्थाका प्रतिनिधिहरु लगायत उद्धार तथा राहत कार्यमा जुट्ने सम्पूर्णप्रति आभार प्रकट गरेको छ ।

आगामी दिनमा आइपर्ने प्राकृतिक विपदमा सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत विज्ञप्तीमार्फत अपिल गरिएको छ ।‘बाढी पहिरो र प्राकृतिक विपदका कारणबाट भएको क्षति संकलन भइरहेको सन्दर्भमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। र यसको सञ्जालमा रहेका सदस्य संस्था, सदस्य किसान वा व्यवसायमा के कति क्षति पुगेको छ त्यसको विवरण सम्वन्धित संघ, संस्था र संस्थाका अध्यक्ष, प्रवन्धकहरुले यस संस्थामा जानकारी गराउनुहुन समेत हार्दिक अनुरोध गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।