काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको चाडपर्वलक्षित बजार अनुगमनका क्रममा काठमाडौं उपत्यका भित्रका ५ वटा फर्ममा पुगेर अनुगमन गरेको छ । विभागको अनुगमन टोलीले मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार निरीक्षण अनुगमन गरेको थियो । विभागबाट मिति २०८१ असोज १७ गते गते काठमाडौँ उपत्यका भित्रका ५ वटा उद्योगमा पुगेर अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा गुणस्तर र मापदण्ड पालना नगर्ने काभ्रे डेरी, पेप्सीकोला कारबाहीमा परेको छ । उक्त डेरीले मनकामना दुध प्रशोधन केन्द्र र कन्चन डेरीबाट दूध खरिद गर्ने गरेको, सरसफाईको अवस्था सामान्य रहेको र प्रशोधित दुध र घ्यूको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको जनाइएको छ ।
विभागको अनुगमन टोली ए बी टिपिकल थकाली, पेप्सीकोला, काठमाडौँ, गोलोक डेरी, पेप्सीकोला, काठमाडौँ, अनुप डेरी, पेप्सीकोला, काठमाडौँ र सूर्यमुखी डेरी पसल, पेप्सीकोला, काठमाडौँमा पुगेर अनुगमन गरी आवश्यक कारबाही तथा निर्देशन दिएको हो ।
सो क्रममा प्रशोधित दुधको नमूना चेकजाँच गर्दा कैफियत पाईएको, प्रशोधित दुधको नमूनाको विस्तृत परिक्षणको लागि नमूना संकलन गरी प्रयोगशालामा पठाईएको विभागले जनाएको छ ।