काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबारदेखि काठमाडौं उपत्यकाका प्रमुख नाकाहरुमा खाद्य पदार्थको निरिक्षण तथा अनुगमन सुरु गरेको छ । विभागको र्यापिट रेस्पोन्स टीममार्फत यो अनुगमन कार्य सुरू गरिएको हो।
मोबाइल फुड ल्याब भ्यान परिचालन गरी खाद्य पदार्थहरूको छड्के निरीक्षण र परिक्षण गरिनेछ। यसका साथै, काठमाडौं उपत्यकाका अन्य प्रमुख प्रवेश विन्दुहरूमा पनि क्रमशः मोबाइल फुड ल्याब भ्यान परिचालन गरेर खाद्य पदार्थहरुको अनुगमन कार्य गरिने छ।
आज बिहान ६ बजेदेखि १० बजेसम्म पहिलो अनुगमन परिक्षण गरिएको थियो। यस समयमा, काठमाडौं उपत्यकामा प्रवेश गरेका विभिन्न कच्चा दुध ढुवानी साधनहरूको निरीक्षण गर्दै र दुधका नमुना संकलन गरी परिक्षण गरिएको छ।
आजदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले प्रहरी वृत, जगाती, भक्तपुरको सहयोगमा कच्चा दुध ढुवानी साधनहरूको निरीक्षण गरेको थियो । आज जाँच गरिएको क्षेत्रहरुमा चुनदेवी, भक्तपुर, सागां, भक्तपुर, बनेपा, बुडवल, श्री सुधन भुजेलको फार्म, उपयुक्त ढुवानी साधनबाट ल्याइएको दुधमा कुनै पनि बाह्य पदार्थ – जस्तै सोडा, चिनी, युरिया र स्टाच नभएको पाइएको छ। परिक्षणको परिणाममा दुधको गुणवत्तामा कुनै प्रकारको समस्या देखिएको छैन।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त अनुगमनको परिणामलाई सार्वजनिक गर्दै जनसमुदायलाई खाद्य सुरक्षा र गुणस्तरमा ध्यान दिन आग्रह गरेको छ। साथै, भविष्यमा पनि यस्ता अनुगमन कार्य निरन्तरता दिने योजना बनाइएको छ।