बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ । बैतडीको ग्वाल्लेक, खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीजस्ता उच्च लेकाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित गरेको छ । डडेल्धुरा, डोटी लगायतका पहाडी जिल्लाहरूमा पनि उच्च स्थानमा हिमपात भएको छ ।
हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढेको छ, जसले दैनिक ज्यालादारीमा निर्भर मजदुर, बालबालिका, र वृद्धवृद्धालाई थप कष्टकर बनाएको छ । चिसोले जनजीवन कष्टकर भए पनि किसानहरू भने खुशी भएका छन् । खडेरीका कारण सुक्न लागेको हिउँदेबालीलाई हिमपात र वर्षाले लाभ पु¥याएपछि कृषकहरूमा आशा पलाएको छ ।
प्रभावित क्षेत्रमा चिसोबाट जोगिनको लागि आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । हिमपातले कृषिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित स्थानीय प्रशासनले कृषि सामग्रीको आपूर्तिमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।