आजको मौसमः तराईमा हुस्सु र कुहिरो, अन्यमा मौसम सफा रहने

२०८१ मंसिर २९ गते प्रकाशित

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।