बागलुङ– बागलुङ नगरपालिका–७ कालिमाटीका ओमराज शर्मा कुखुरापालन व्यवसायबाट मासिक रु १ लाख ५० हजार जोगाउँदै आएका छन् । १२ वर्ष कतारमा काम गरेर स्वदेश फर्किएका शर्माले रु १।५ करोड लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका हुन् ।
फार्ममा पाँच हजार कुखुरा पालेर दैनिक पाँच हजार अण्डा उत्पादन भइरहेको छ । बागलुङ बजारमा डिपो र एउटा पिकअप जिपको व्यवस्था गर्दै उनले अण्डाको सहज बजारीकरण गरेका छन् । यससँगै चार जनालाई रोजगारी पनि प्रदान गरेका छन् ।
शर्माले कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी भए पनि अण्डाको मूल्य बाहिरी आपूर्तिका कारण अस्थिर हुने बताए । स्थानीय सरकारले किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेमा उनको जोड छ ।
व्यवसाय विस्तारको योजनामा रहेका शर्माले अब गाई र बाख्रापालन सुरु गर्ने तयारी गरिरहेका छन् । ूकुखुरापालनको तुलनामा गाईबाख्रापालन सहज र कम जोखिमयुक्त छ,उनले भने ।