नेपाल र चीनबीच भैंसिको मासु निर्यातसम्बन्धी सम्झौता

२०८१ पुष २ गते प्रकाशित

काठमाडौं– नेपालको हिमालय इन्टरनेशनल फुड र चीनको सांघाई फुडबीच भैंसिको मासु निर्यात गर्ने सहमति भएको छ । सोमबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा दुवै कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

पशु सेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार नेपालले भैंसिको संख्या बढाउन दुई वर्षअघिदेखि नै तयारी सुरु गरेको छ । उनले भने, ूहाल हाम्रो मुख्य चुनौती खोरेत रोग हो । यसको नियन्त्रणका लागि विभागले विभिन्न कार्यक्रम अघि बढाएको छ । आगामी केही वर्षभित्रै नेपाललाई खोरेत रोगमुक्त देश घोषणा गर्ने योजना छ । डा. दाहालले देशभरका ३० पालिकामा भैंसीपालन अभियान सञ्चालन गरिएको जानकारी पनि दिए ।
सम्झौता कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनका लागि यो सम्झौता ऐतिहासिक दिन भएको बताए । उनले भने, ूभैंसिको मासु निर्यातको यो प्रक्रिया पुरा गर्न म लामो समयदेखि तयारीमा थिएँ । आज यो सफल हुनु निकै उत्साहजनक छ ।ू
सम्झौतापत्रमा हिमालय इन्टरनेशनल फुडका तर्फबाट नवीन कुमार शर्मा र सांघाई फुडका तर्फबाट चोङ्खोइजुङले हस्ताक्षर गरेका छन् ।


सम्झौताबाट रोजगार र अर्थतन्त्रमा टेवा

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यो सम्झौतालाई मासुजन्य उत्पादनमा गेम चेन्जरको रुपमा चित्रण गरे । उनले भने, ूनेपाल दूध र मासुमा आत्मनिर्भर बन्ने क्रममा छ । यस्तो अवस्थामा चीनलाई मासु निर्यातले देशको आर्थिक विकासमा ठूलो योगदान दिनेछ । यसले विदेश पलायन पनि कम गराउँछ ।ू

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो सम्झौताबाट रोजगारीका अवसर सिर्जना हुने बताए । उनले भने, ूअब बधशाला निर्माण र ढुवानीको योजनालाई व्यवस्थित गर्दै गुणस्तरीय मासु उत्पादनमा ध्यान दिनु आवश्यक छ ।ू
गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भैंसिको मासु निर्यातसम्बन्धी प्रोटोकलमा दुई देशका सरकारबीच समझदारी भएको थियो । उक्त प्रोटोकलअन्तर्गत वार्षिक २०० मिलियन अमेरिकी डलर बराबरको व्यापार गर्ने योजना छ ।