काठमाडौ- यस वर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन ४े.०४ प्रतिशतले बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको छ । गत अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भन्दा ४.०४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
चालू वर्षमा धान रोपाई गरेको क्षेत्रफल भने घटेको थियो । धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको दाबीसमेत मन्त्रालयले गरेको छ ।