काठमाडौं– सञ्चारकर्ममा समेत आवद्ध भएकी ईश्वरी बरालको स्वरमा रहेको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द, संगीत, मिक्सिङ एवं माष्टरिङ र नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मुस्कान ढकालको निर्देशन र रोशन बिकेको कोरियोग्राफी रहेको गीतको भिडियोमा स्मारिका ढकाल, शुरेस कोली र गायिका ईश्वरीको अभिनय छ । उत्तम हुँमागाईंको छायांकन रहेको गीतको भिडियोमा विकास ढकालको सम्पादन छ ।
प्रेम भावको गीतमा आफूले माया गरेको मान्छे सबैभन्दा प्यारो हुने भाव व्यक्त गरिएको छ । माया गरेको मान्छेलाई मन मटुमा सजाएको गीतमा भनिएको छ । गीतका शब्द रचना जति राम्रा छन् भिडियो पनि उत्कृष्ट बनेको छ । गीतको भिडियो ईश्वरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस्तो छ उनको गीतको म्युजिक भिडियो
सञ्चारकर्मसँगै गायन क्षेत्रमा आफूलाई तल्लिन राख्दै आउनुभएकी ईश्वरीका यसअघि ‘हरेक रात सपनीमा’, ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’, ‘माया छ कि छैन’, ‘लभ पर्न सक्छ’ जस्ता गीत श्रोतारदर्शकमाझ प्रिय छन् । हिमालय टाइम्सबाट