यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८१ फाल्गुन ११ गते प्रकाशित

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज आइतबार भएकाले शनिबारको विनिमय दर नै निर्धारण भएको छ।

केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४५ पैसा र बिक्रीदर १३९ रुपियाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र बिक्रीदर १४५ रुपियाँ ५८ पैसा निर्धारण गरिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ १५ पैसा र बिक्रीदर १७५ रुपियाँ ९१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ०७ पैसा र बिक्रीदर १५४ रुपियाँ ७४ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ४७ पैसा र बिक्रीदर ८८ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ५५ पैसा र बिक्रीदर ९७ रुपियाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ५९ पैसा र बिक्रीदर १०४ रुपियाँ ०४ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ०९ रुपियाँ २१ पैसा र बिक्रीदर ०९ रुपियाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा कायम भएको छ।