हनुमन्ते खोलानजिक एक पुरुष मृत फेला

२०८१ फाल्गुन २४ गते प्रकाशित

काठमाडौं– भक्तपुर नगरपालिका– १ सृजनानगर स्थित हनुमन्ते खोलामा अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले पाँच फिट पाइँच इन्च उचाइ, मंगोलियन अनुहार, दाहिने कानममा कालो बरको पट लगाएको व्यक्ति फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिको बायाँ हातमा महिलाको आकृति भएको ट्याटु खोपिएको छ ।