काठमाडौं– २९ औं राष्ट्रिय चिया दिवश मनाइने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा बैशाख १५ का दिन दिशवको मूल समारोह आयोजना गरिएको हो ।
१९ औं राष्ट्रिय चिया दिवशको यसपालीको नारा “स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार”कराखिएको छ । दिवशको मूल समारोहको प्रमुख आतिथ्यता कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गर्ने कार्यक्रम छ ।
हरिहरभवनस्थित कृषि विभागको सभाहलमा हुने दिवशमा चियाका विभिन्न स्टलहरु राखिनेछ । जहाँ विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा चाख्नपाइने छ ।
चिया एउटा पेय पदार्थ मात्रै होइन । नेपालको सन्दर्भमा चिया संस्कार हो, स्वस्थ जीवन एवं समृद्ध नेपालको आधार हो । चिया कृषकको बगान देखि कपसम्म आउँदा चियाले विभिन्न चरणहरू पार गर्छ, जसबाट हजारौँले आफ्नो रोजिरोटी कमाइरहेका छन् । पछिल्ला दिनहरूमा बजारीकरणको पाटोमा केही चुनौतीहरूको सामना गर्नुपरे तापनि ग्रामिण स्तरसम्म रोजगारी सिर्जना गर्ने देखि विदेशी मुद्रा आर्जन गर्नसम्ममा नेपाली चियाले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा चिया क्षेत्रले देशको अर्थतन्त्रमा अतुलनिय योगदान पुर्याएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेले कृषिपानालाई जानकारी दिए ।