पछिल्लो ९ महिनामा ३ अर्ब ५७ करोडको नेपाली चिया निर्यात

२०८२ बैशाख १४ गते प्रकाशित

काठमाडौं–चालू आर्थिक वर्ष २०८१।०८२ को ९ महिनामा नेपालले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार, चालू आवको चैत मसान्तसम्म सो बराबरको नेपाली चिया विदेश निकासी भएको हो ।

यस आवको सिजनको पहिलो टिपाइ भर्खरै सुरु भएको जनाउँदै बोर्डले चालू आवको अन्त्यसम्म चियाको निर्यात ४ अर्ब ५० करोडको हाराहारीमा पुग्ने अनुमान गरेको छ।

बोर्डको आव २०८०र८१ को तथ्याङ्क अनुसार नेपालमा कुल २०,७६० हेक्टर जमिनमा चिया रोपण गरिएको छ भने अस अवधीमा २ करोड ७० लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५,२०३ जना चिया कृषकहरू, १७१ वटा टि स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत करिब ६०,००० रोजगारी सिर्जना गरेको छ । विभिन्न चुनौतीहरूका बावजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगीरव्यवसायी, सरोकारवाला संघसंस्थाहरू एवं विशेष गरी निजी क्षेत्रको अथक प्रयासका कारण नै आज नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति एवं पहिचान देखाउन सफल भएको बोर्डको दाबी छ ।

भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार यस आव २०८०र८१ मा १ करोड ६५ लाख केजी चिया निर्यात गरेको हो ।