काठमाडौं– प्रहरीले अवैध रुपमा ल्याइएको ३ करोड बढीको कृषि औजार बरामद गरेको छ । प्रहरीले झापामा भारतीय नाका हुँदै अवैध रूपमा ल्याइएका तीन कन्टेनरबाट कृषि औजार र बाली काट्ने मेसिन बरामद गरेको हो।
बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्दा प्रहरीले कन्टेनरहरू नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको जनाएको छ।