काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बालुवाटारमा बैठक बोलाएका हुन् ।
साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
बैठकले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको ती मन्त्रीको भनाइ छ ।