रासायनिक मल खरिद गर्न २८ अर्ब बजेट विनियोजन

२०८२ जेष्ठ १७ गते प्रकाशित

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ मा रासायनिक मल खरिद गर्न २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषि उत्पादन वृद्धि गर्न सरकारले हरेक वर्ष रासायनिक मलखादमा ठूलो अनुदान दिँदै आएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गरेको बजेट बक्तव्यमा रासायनिक मलको सहज आपूर्तिका लागि सो बजेट पाएको हो ।