‘कृषिमा लगानी दशक’ मनाउन सरकारले बजेटमा बिर्सियौं चटक्क…

२०८२ जेष्ठ १७ गते प्रकाशित

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ । जुन बजेट चालू आवको हाराहारीकै हो । चालू आव २०८१।०८२ को बजेट बक्तव्यमा सरकारले कृषिमा लगानी दशक मनाउने घोषणा गरेको थियो ।

अर्थात, कृषि उत्पादन र उत्पादकत्व बढाइ आत्मनिर्भर मुलुक बनाउने सरकारको योजना थियो । तर, बहालवाला अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको आगामी आवको बजेटले अघिल्लो सरकारले घोषणा गरेको कृषिमा लगानी दशक नारा चटक्कै बिर्सिएको छ ।

अर्थात, अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले ल्याएको कृषि लगानी दशकको घोषणा लत्याएर बजेट ल्याएका छन् । कृषिमा लगानी भित्र्याउन सरकारले ल्याएको सो कार्यक्रम केपी ओली सरकारले अघि बढाउनै खाजेको देखिएन् ।

फगतः रासायनिक मल खरिद गर्न २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसले पनि प्रांगारिक र जैविक खेती प्रवद्र्धन गर्ने सरकारको नारा गफमा सिमित बन्न पुगेको छ ।

प्रांगारिक र जैविक खेती प्रणाली प्रवद्र्धन गर्ने नीति लिएको सरकारले रासायनिक मलमा मात्र कृषि मन्त्रालयको आधा बजेट खन्याएको देखिन्छ । कृषि मन्त्रालयअन्र्तगत गर्नुपर्ने महत्वपूर्ण कार्यक्रहरुलाई बजेट छुन सकेको छैन् । दूग्ध विकास संस्थान(डीडीसी) को संस्थागत संरचना परिवर्तन गर्ने भनिएको छ ।

तर, किसानसँग प्रत्यक्ष जोडिएको संस्थाको पुर्नसंरचना गर्ने नीतिले सरकारलाई उल्टै व्ययभार थपिने त होइन् भन्ने चिन्ता उत्तिकै छ । कृषिमा लगानी दशक घोषणा गरिए पनि आगामी आवदेखि अर्थमन्त्रीले बजेटमार्फत उक्त कार्यक्रमलाई चटक्क बिर्सन खोजेका छन् ।
त्यसकारण देबी घर्ती र राजु ढकालले गाएको गीत खोली सलल सम्झिन मन लाग्छ । र, गीतबाटै अर्थमन्त्रीलाई भन्न मन लाग्छ,

कलेजी कटक्क मेरो, कलेजी कटक्क

बिर्सियौं चटक्क, बजेटमा तिम्ले बिर्सियौं चटक्क….

खोली सलल, झल्को झलल…..

त्यतिमात्र होइन, सरकार कृषि क्षेत्रका नियमित र खुद्रे कार्यक्रममा बजेट बढी केन्द्रीत रहेको देखिन्छ । खासगरी, रासायनिक मल खरिदमा अनुदान, प्रांगारिक मलमा किसानलाई प्रोत्साहनदेखि बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रमसम्मका योजनाहरु रहेका छन ।

कृषि, पशुपन्छी र मत्स्य बीमा कार्यक्रम, चैते धान प्रवद्र्धन कार्यक्रम ,साना सिचांई मार्फत सिचिँत क्षेत्र विस्तार कार्यक्रम , मध्यपहाडी लगायत प्रमुख राजमार्ग र रोड कोरिडोर लक्ष्ति राष्ट्रिय फल सुन्तला ,व्यवसायिक फलफुल, तरकारी र भेडा–बाख्रा र गाई–भैसी प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिईएको छ ।

त्यस्तै उच्च पहाड लक्षित सुन्तला , स्याउ,ओखर ,याक ,चौरी प्रवद्र्धन , हिउँदे मकै÷मध्य पहाडी मकै उत्पादन र मकै बीउ उत्पादन कार्यक्रम , रैथाने बाली प्रवद्र्धन कार्यक्रम , स्थानीय तथा रैथाने बाली–बीउको जात दर्ता सहजीकरण कार्यक्रम , कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैक सुदृढिकरण कार्यक्रम , राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत जोन–सुपरजोन क्षेत्रमा क्षेत्रफल विस्तार र उत्पादन वृद्धि कार्यक्रमलाई प्राथामिकतामा राखिएको छ ।

त्यसैगरि प्रांगारिक कृषि प्रवद्र्धन र माटो स्वास्थ्य सुधार अभियान सञ्चालन गर्ने ,कृषि उधमशिलतालाई प्रवद्र्धन गर्ने, मासु निर्यातका लागि पाडा–पाडीपालन र भैंसी ÷राँगा उत्पादन प्रवद्र्धन कार्यक्रम, महामारीजन्य पशु रोग र खोरेत रोग नियन्त्रण कार्यक्रम र पशुनश्ल सुधारलाई वजेटले प्राथमिकता दिएको छ ।

किसान सुचिकरण कार्यक्रम, स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि एक गाँउ एक प्राविधिक कार्यक्रम, विषादी चेकजाँचको दायरा विस्तार र विषादी प्रयोग सम्वन्धी सचेतना कार्यक्रम, बुटवलस्थित सेमलारमा क्षेत्रीयस्तरको आधुनिक कृषि बजार निर्माण,संघीय कृषि बजारहरुको स्तरोन्ती र स्थानीय तहहरुमा कृषि उपज हाटबजार, संकलन केन्द्र, कोल्ड चेम्वर तथा प्रशोधन संरचना निर्माण, वालीको न्युनतम समर्थन मुल्य निर्धारण र कार्यान्वयन, बीउ विजन उत्पादन, आपूर्ति तथा वितरण व्यवस्थापन कार्यक्रम, निर्यात जन्य बाली वस्तुहरु जस्तैःचिया, कफी,अ लैचीं, छुर्पी आदिको उत्पादन वृद्धि, प्रांगारिक प्रमाणीकरण र निर्यात सहजिकरण गर्ने, कृषि,पशुपन्छी र खाध प्रयोगशालाको स्तरोन्नती गर्ने ,बाँझो जमिन सदुपयोग गर्ने जस्ता कार्यक्रमलाई वजेटले प्राथमिकतामा राखेको छ ।

बाली र पशु बीमा अनुदानलाई दुई अर्ब ३० करोड बजेट

सरकारले बाली र पशु बीमाको प्रिमियममा दिँदै आएको अनुदानलाई दुई अर्ब ३० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन्। सरकारले कउषि तथा पशु बीमामा दिने अनुदान दोब्बरले वृद्धि गरेको हो ।

बाली र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिइदै आइएको छ । विगतका सरकारले पनि ल्याइराखेका खुद्रे र पुराना कार्यक्रमहरुकै निरन्तरताका रुपमा बजेट आएको छ ।

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी …