कान्ति राजमार्ग चार दिन बन्द हुने

२०८२ जेष्ठ २१ गते प्रकाशित

काठमाडौं–कान्ति राजमार्ग ४ दिन बन्द हुने भएको छ। जेठ २१ गतेदेखि २४ गते सम्म सवारी आवागमन बन्द हुने भएको हो।

कान्ति राजमार्ग सडक योजना, ललितपुरको पत्र संख्या २०८१र०८२, चनं २२५, जेठ ९१८ को पत्रबमोजिम कान्ती राजमार्ग सडक योजना अन्तर्गत पर्ने बगुवा, बागमती खोलामा निर्माणाधीन रहेको बेलीब्रिज जडान कार्यका लागि जेठ २१ गतेदेखि २४ गते सम्म चार दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको छ।

सो अवधिमा हेटौडा–काठमाडौं वा काठमाडौं–हेटौडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग ९कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक० को प्रयोग गर्न सूचनामा आग्रह गरिएको छ।