एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८२ असार १४ गते प्रकाशित

काठमाडौं– यस वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जुन गत वर्षको तुलनामा १३.९५ प्रतिशतले विद्यार्थी उत्तीर्णको दर बढेको हो । गणितमा सबैभन्दा धेरै १ लाख २८ हजारभन्दा बढी विद्यार्थी ननग्रेडेड भए।

ननग्रेडेड विद्यार्थीका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन हुने भएको छ।शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० एसइईको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी दिए ।