नेपालको खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता

२०८२ श्रावण २१ गते प्रकाशित

काठमाडौँ– नेपालको खाद्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षण प्रतिवेदनलाई नेपालका खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्रत्यायन (एक्रिडिटेशन) प्राप्त गर्न सफल भएको जनाएको छ । विभागअन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाले परीक्षण प्रतिवेदनलाई भारत लगायत अन्य मुलुकमा मान्यता दिने गरी एकीकृत प्रत्यायन प्राप्त गरेको हो ।

विभागले यस वर्ष मात्रै ६७२ वटा केमिकल र १४२ वटा माइक्रोबायोलोजिकल परीक्षण प्यारामिटरसहित कुल ८१४ परीक्षण प्यारामिटरबाट प्रत्यायन विस्तार गरेको छ। यो उपलब्धिसँगै विभागको प्रयोगशाला नेपालकै सबैभन्दा धेरै प्रत्यायन क्षेत्र भएको खाद्य प्रयोगशालाको रुपमा स्थापित भएको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए ।