भूमिसम्वन्धी विधेयक कृषि समितिबाट बहुमतले पारित

२०८२ भाद्र ६ गते प्रकाशित

काठमाडौं– भूमि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको छ ।

बिहीवारको बैठकमा समितिले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । समितिका सचिव शिवदत्त बरालकाअनुसार दफाबार छलफलपछि प्रतिनिधि सभामा उत्पति भएको भूमि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने निर्णय भएको जानकारी दिए ।

समितिका निर्णय सुनाउँदै बरालले भने, ‘प्रतिनिधि सभामा उत्पत्ति भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ को सम्बन्धमा बनेको समितिको प्रतिवेदन । भूमिसम्बन्धि केही नेपाल ऐनलाई बनेको २०८२ लाई दफा भनिएको दफा २ को १ लाई संशोधन गर्न बनाइएको दफा १२ को छ राख्ने । स्वीकृत प्रतिवेदन पेश गर्नुपर्ने । स्वीकृत प्रतिवेदन पेश गर्नुपर्ने । कुनै सार्वजनिक संस्था, उद्योग, कम्पनी, प्रतिष्ठान, शैक्षिक संस्था वा संघ संस्थाले आयोजना वा परियोजना सञ्चालन गर्दा प्रचलित कानून बमोजिम विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने रहेछ भने यस ऐन वमोजिम हदबन्दीभन्दा बढी जग्गा रास्त्र अनुमति प्राप्त गर्नु अघि त्यस्तो जग्गा उपयोग सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) र सम्वन्धित निकायबाट स्वीकृत भएको वातावरणीय अध्ययन प्रतिवेदनको प्रमाणित प्रतिलिपि समेत पेस गर्नु पर्नेछ ।’

अर्घाखाँची–अर्घाखाँचीका एक साधारण किसानले सिंहदरबार पुनर्निर्माण तथा घाइतेको उपचारका लागि अकबरे खुर्सानी बेचेर संकलन …