आज तीजको दर खाने दिन मनाइँदै

२०८२ भाद्र ९ गते प्रकाशित

काठमाडौं– नेपाली हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व तीजको तयारी सोमबारदेखि दर खाने दिनसँगै सुरु भएको छ। यो दिनलाई तीजको पहिलो चरण मानिन्छ, जहाँ महिला दिदीबहिनीहरूले विशेष परिकार बनाएर आपसमा दर खाने परम्परा रहिआएको छ।

दर खाने दिनपछि आउने हरितालिका तीजमा निराहार व्रत बस्ने भएकाले अघिल्लो रात महिलाले पौष्टिक परिकार खाने गर्छन्। विवाहित महिलाले पतिको दीर्घायु र समृद्धिको कामना गर्दै, अविवाहित महिलाले सुयोग्य जीवनसाथीको आकांक्षा राखी भोलिपल्ट व्रत बस्ने मान्यता छ।

परम्परागत रूपमा दरमा दूधबाट बनेका मिष्ठान्न—जस्तै खिर, गुँदपाक, हलुवा, ढकनी, दही, घिउ, मिठाइ र सेलरोटी खाने प्रचलन छ। माछामासु भने नखाइ चोखो खानेकुरा मात्रै खाइन्छ। तर आधुनिकतासँगै दरमा खाने परिकारहरूमा पनि विविधता देखिन थालेको छ।