कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मदनप्रसाद परियार नियुक्त

२०८२ आश्विन ६ गते प्रकाशित

कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मदनप्रसाद परियार नियुक्त भएका छन् । प्रधानमन्त्री शुशिला कार्कीको अन्तरिम सरकारको मन्त्रिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा परियार नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्री परियारले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । सप्तरीको राजविराजमा जन्मिएका उनी वरिष्ठ जलवायु तथा कृषि विज्ञसमेत हुन् ।