काठमाडौं– उखु किसान उखुको अनुदान रकम अहिलेसम्म पाएका छैनन् । केन्द्रीय उखु संघर्ष समिति संयोजक श्यामबाबु रायले उखु किसानलाई भुक्तानी गर्न बाँकी ७५ करोड रुपैयाँ अनुदान तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
उनका अनुसार, हालसम्म आधामात्र रकम प्राप्त भएको र बाँकी रकमका लागि सरकारले पटक–पटक आश्वासन दिए पनि कार्यान्वयन नभएको हो ।
सुशीला कार्की नेतृत्वको सरकारले चाडबाडपछि उखुको भुक्तानी दिने आश्वासन दिएको तर चाडबाड सकिइसक्दा पनि किसानको माग पूरा गर्न गम्भीर नभएको गुनासो गरे ।
