काठमाडौं– सरकारले भदौ २३ गतेलाई ‘जेन-जी’ शहीद दिवसको रूपमा मनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए।
उनका अनुसार भदौ २३ र २४ गतेको ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णयसमेत भएको छ । सरकारले सो आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ ।
