काँकरभिट्टा नाकाबाट चार महिनामा १६ अर्ब आयात, निर्यात ८ अर्बमा सीमित

२०८२ मंसिर १७ गते प्रकाशित

बनियानी– पूर्वी भन्सार नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षका पहिलो चार महिनामा १६ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरिएको छ भने रढै ८ अर्ब रुपैयाँको निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिक मसान्तसम्म १६ अर्ब २ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२.१२ प्रतिशत वृद्धि हो । सोही अवधिमा निर्यात ४.१२ प्रतिशतले घटेर ८ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ ।

चार महिनामा भन्सारले ५ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आयातबाट ५ अर्ब ३३ करोड रुपैयाँ र निर्यातबाट १२ करोड ३४ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको तुलनामा १५।६६ प्रतिशत वृद्धि हो ।

काँकरभिट्टा नाकाबाट प्रमुख १० निर्यात वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर–बिरालोको खाना, अदुवा–सुठो, काउली–बन्दाकोभी–ब्रोकाउली र मुसुरो दालको निर्यात बढेको छ । तर चिया, प्लाइउड, अम्रिसो र फलामे पातको निर्यात घटेको छ । अलैँचीको निर्यात दोब्बरभन्दा बढी बढेर ३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १०९-२ प्रतिशत वृद्धि हो । त्यसैगरी भेनियर सिटको निर्यात १३५.८ प्रतिशत बढेर ३८ करोड रुपैयाँ पुगेको छ । चियाको निर्यात भने ३७ प्रतिशतले घटेर १ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ । प्लाइउड निर्यात पनि ५२.७ प्रतिशतले घटेर ५९ करोड रुपैयाँमा सीमित भएको छ ।

कुकुर–बिरालोको खानाको निर्यात ३३ प्रतिशतले वृद्धि भई ३७ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अम्रिसो निर्यात २३.९ प्रतिशतले घटेको छ भने अदुवा–सुठो ३.२ प्रतिशतले बढेको छ । काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात ३६.१ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा ठूलो वृद्धि मुसुरो दालमा देखिएको छ । यसको निर्यात ४८१ प्रतिशतले बढेर ९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
फलामे पातको निर्यात भने ९७.३ प्रतिशतले घटेर ३ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …