कञ्चनपुरका किसान महादेव चौधरीद्वारा पहिलोपटक TPS विधिबाट आलुखेती सुरु

२०८२ मंसिर १७ गते प्रकाशित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारी किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक ‘ट्रु पोटेटो सिड’ (TPS) प्रविधिबाट आलुखेती सुरु गरेका छन् । आलुको बिँडाबाट प्राप्त वास्तविक बियाँ प्रयोग गरी नर्सरीमा बिरुवा उत्पादनपछि खेतमा सारेर रोपाइँ गरिएको उनको यो अनुभव स्थानीय तहमा पनि निकै चासोका साथ हेरिएको छ ।

चौधरीका अनुसार TPS प्रविधिबाट तयार हुने बिरुवा रोगप्रतिरोधी, स्वस्थ र बढी उत्पादन दिने भएकाले यसलाई प्राथमिकता दिएका छन् । “पहिले बियाँ रोपेर वेर्ना बनायौँ, त्यसपछि खेतमा सारेर रोप्यौँ । यसले आगामी वर्ष रोगमुक्त र उच्च गुणस्तरको बीउ उत्पादनमा मद्दत गर्नेछ,” उनले बताए ।

करिब एक दशकदेखि व्यावसायिक सागसब्जीखेतीमा संलग्न चौधरीका लागि त्एक् विधि बियाँ उत्पादन तर्फको नयाँ यात्रा हो । आधुनिक आलु उत्पादन प्रविधि अपनाउँदा लागत घट्ने, रोगको जोखिम कम हुने र उत्पादन वृद्धि हुने उनले बताए । हाल उनले दुई कट्ठा क्षेत्रमा TPS विधिबाट तयार पारिएका बिरुवा रोपे छन् ।

उनको लक्ष्य आगामी वर्ष उत्पादन भएको मूल बीउ प्रयोग गरी दश कट्ठामा रोगमुक्त आलु बीउ उत्पादन विस्तार गर्ने छ । TPS बाट उत्पादन हुने बीउको बजार मूल्य उच्च हुने भएकाले आम्दानीमा उल्लेख्य वृद्धि हुने चौधरीको अपेक्षा छ ।

चौधरीले आलुसँगै काउली, गोलभेँडा, खुर्सानी, बन्दागोभी, तिते करेला, काँक्रा, लौका, फर्सी र तने बोडी गरी करिब दश कट्ठामा विविध तरकारीखेती गर्दै आएका छन् । यसबाट उनले वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।

“TPS आलुखेतीलाई भविष्यमा बीउ उत्पादन तथा आधुनिक तरकारी व्यवसाय विस्तारको आधारका रूपमा लिएको छु,” चौधरीले भने, “उत्पादन भएको बीउ व्यावसायिक किसानलाई उपलब्ध गराउने योजना छ ।”

उनका अनुसार पहिलो पुस्ताको त्एक् बीउ प्रयोग गरी खेती गर्दा उत्पादन वृद्धि हुने मात्र होइन, सो बीउलाई करिब छ वर्षसम्म पुनः बीउका रूपमा प्रयोग गर्न सकिन्छ । बाह्य जिल्लाका किसानबाट यो प्रविधि सिकेपछि चौधरीले यसलाई आफ्नै क्षेत्रमा प्रायोगिक रूपमा विस्तार गर्ने लक्ष्य लिएका छन् ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …