आजको मौसमः उच्च पहाडी र हिमाली भागमा आंशिक बदली, अन्य भागमा मौसम सफा

२०८२ मंसिर १७ गते प्रकाशित

काठमाडौं– कोशी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …