झापामा पहिलोपटक नरिवलको व्यावसायिक खेती सुरु

२०८२ मंसिर २४ गते प्रकाशित

मङ्सिर– तटीय क्षेत्रमै प्रमुख मानिने नरिवल खेती अब झापामा पनि व्यावसायिक रूपमा सुरु भएको छ । मेचीनगर–४ का कृषक रवि नेपालले परीक्षणका रूपमा एक बिघा क्षेत्रफलमा ३०० नरिवलका बिरुवा रोपी व्यावसायिक खेतीको यात्रा सुरु गरेका हुन् ।

उनका अनुसार नरिवलको बिरुवा रोपेको ९ वर्षपछि फल दिन थाल्छ । जङ्गली हात्तीको बढ्दो उपद्रोका कारण परम्परागत धानखेती प्रभावित भएपछि उनले चिया, तेजपत्ता, मरिच, सुपारीजस्ता वैकल्पिक खेती गर्दै आएका थिए । यिनै प्रयासको निरन्तरतामा यस वर्ष पहिलो पटक नरिवलको व्यावसायिक खेतीतर्फ अघि बढेका हुन् ।

“घरबारीमा पहिलेदेखि रहेका ६ वटा नरिवलका रुखले वार्षिक १७ हजार रुपैयाँभन्दा बढी आम्दानी दिइरहेका छन्,” उनी बताछन्, “त्यही सम्भावनालाई देखेर अब ठूलो मात्रामा खेती विस्तार गरेको हुँ ।”
कृषि विज्ञहरूका अनुसार समुद्र सतहदेखि १,००० मिटर उचाइसम्म नरिवल खेती फस्टाउँछ । झापामा व्यक्तिगत बारीमा नरिवल लगाउने पुरानो चलन भए पनि व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खेती गर्ने नेपाल कोशी प्रदेशकै पहिलो किसान मानिन्छन् ।

उनी आगामी वर्ष थप ७०० बिरुवा रोप्ने योजनामा छन् । “नरिवल पाक्नु अगाडि काँचैमा पनि राम्रो बजार छ,” उनले भने, “उत्पादन पर्याप्त भए बोटमै बिक्री हुन्छ ।”

नेपालमा काँचो नरिवलको उच्च माग छ। अहिले बजारमा उपलब्ध अधिकांश नरिवल भारतबाट भित्रिने गरेका छन् । काँचो नरिवल बोटमै ९०–१०० रुपैयाँमा किसानले बिक्री गर्छन् भने व्यापारीहरूले त्यो नै २५० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । सुपारी जोन झापाका पूर्व अध्यक्ष नीलकण्ठ तिवारीले नरिवलको बहुउपयोगी मूल्यका कारण किसानहरू यसतर्फ आकर्षित हुनु सकारात्मक संकेत भएको बताए । उनका अनुसार प्राङ्गरिक पदार्थ प्रशस्त भएको, पानी नजम्ने खुकुलो माटो नरिवलका लागि उपयुक्त हुन्छ ।

धुलाबारी चोकमा तीन वर्षदेखि नरिवलको पानी बेच्दै आएका हरिदेव सरदारले स्थानीय उत्पादन नहुँदा दैनिक १००–१५० वटा काँचो नरिवल भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको बताए । कृषि विज्ञहरूका अनुसार नरिवल बोटले ९–१० वर्षमा फल दिन थाल्छ ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …