सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

२०८२ मंसिर २४ गते प्रकाशित

काठमाडौं– सरकारले यस वर्षको उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले बताए । गत वर्ष सरकारले कटौती गरेको उखुको प्रतिक्विन्टल ३५ रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले त्यो रकम पाउन सकेका छैनन् ।

किसानले ६ सय ५५ रुपैयाँ लागतमा उखु खेती गर्दा ६ सय २० रुपैयाँ प्रतिक्विन्टल मूल्य पाएको गुनासो गर्दै आएका थिए । तर, सरकारले अहिले पनि पुरानै भाउ निर्धारण गरेको छ ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …