आजको मौसमः तराइमा कुहिरो र हुस्सु, पहाडीक्षेत्रको मौसम आंशिक बदली

२०८२ माघ ८ गते प्रकाशित

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।