काठमाडौं–बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा सवार १३ जनाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका(७ को भौनीबाट बेहुली लिएर फर्किने क्रममा सोही वडाको बड्गाउँ मोडबाट बस दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार घाइतेमध्ये थप पाँच जनाको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बिचबाटोमा मृत्यु भएको हो । बझाङको बित्थडचिर गाउँपालिका-७ का १७ वर्षीय बिसनदत्त जोशी, सोहि ठाउँका अन्दाजी २८ वर्षीय दीपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङकै केदारस्यू गाउँपाकिका–७ बस्ने २६ वर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका(७ सुशील जोशीको मृत्यु भएको उनले बताए।
