निर्वाचनका लागि मतपत्र छपाइ सकियो, जिल्ला जिल्लामा पठाउने तयारी

२०८२ फाल्गुन ५ गते प्रकाशित

काठमाडौं– आगामी फागनु २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

निर्धारित लक्ष्यभन्दा दुई दिन अगाडि नै मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइको काम सकिएपछि मतपत्र प्याकिङ सकेर बाँकी जिल्लामा ढुवानी गर्ने तयारी गरेको छ ।

प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गरिएको छ । ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरिएको थियो तर सोमबार ४० दिनमै छपाइ सकिएको हो । छपाइ भइसकेका मतपत्रहरु जिल्ला जिल्लाका निर्वाचन क्षेत्रमा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ ।