अण्डाको मूल्य बढ्यो, कति पुग्यो ?

२०८२ चैत्र २२ गते प्रकाशित

काठमाडौ– बजारमा अन्डाको मूल्य पुनः बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आइतबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको हो ।

नयाँ मूल्यसूची अनुसार सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको छ ।
संघका अनुसार अब सबैभन्दा ठूलो एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ७५ रुपैयाँ कायम भएको छ, जुन पहिले ४ सय ६० थियो ।

त्यसैगरी ४ सय ३५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अन्डाको मूल्य ४ सय ५० पुगेको छ भने ३ सय ८५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य ४ सय तोकिएको छ ।