साल्ट ट्रेडिङले मनायो ६० औं बार्षिकोत्सव, उपभोक्ताको घरदैलोसम्म सेवा पुर्याउन सफल भएका छौंः सीईओ श्रेष्ठ

२०७९ भाद्र २७ गते प्रकाशित

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ६० औं वार्षिकोत्सव मनाएको छ । सोमबार एक समारोहकाबीच कर्पोरेसनले आफ्नो वार्षिकोत्सव उत्साहका साथ मनाएको हो ।

सो समारोहमा कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत(सीईओ) उर्मिला श्रेष्ठले संस्था स्थापनादेखि हालसम्म आइपुग्दा आम उपभोक्ताको घरदैलोमा सेवा पुर्याउन सफल भएको बताइन् ।

जस्तोसुकै बिषम परिस्थितिमा पनि कर्पोरेसनले आफ्नो उदेश्य र प्रतिवद्धताअनुसार आम जनतालाई सुपथ र सहजरुपमा गुणस्तरीय सेवा पुर्याउन सफल भएको उनले बताइन् । विश्वव्यापी फैलिएको कोभिड महामारीलगायतका बिषम परिस्थितिमा पनि कर्पोरेसनले आफ्नो सेवा उपभोक्ताको घरदैलोमा पुर्याउन सम्पूर्णमा रुपमा टीम लागि परेको बताइन् ।

‘रासायनिक मलको अभाव नहोस र किसानले समयमै मल पाउन भन्नेमा हामी निरन्तर सक्रिय छौं । नेपाल सरकारले दिएको दायित्वलाई बोध गरी मलको आपूर्ति गरी कृषकहरुमा राहत प्रदान गरेको र अहिले पनि मलको आपूर्ति निरन्तर प्रदान गरिरहेका छौं’ सीईओ श्रेष्ठले भनिन, ‘कर्पोरेसनले कृषि विकासमा योगदान पुर्याउने उद्धेश्य अनुरुप अनुदानित मलमा मात्र सीमित नभइ गैर अनुदानित मल आयात गरी बिक्रि वितरण गरिरहेको छ ।’

यसैबीच, दसैँअघि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले जानकारी दिए।

कर्पोरेसनले बाल हितकारी पुरस्कार, एसईईमा उत्कृष्ट अकं ल्याउने कर्पोरेसनका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति र पुरस्कार, उत्कृष्ट कर्मचारी सेवा पुरस्कार र २० वर्षे कार्य अवधि पूरा गरेका कर्मचारीलाई कदरपत्रका साथ सम्मान गरेको थियो ।

कर्पोरेसनले पहिले नेपालमा आयोडिनरहित ढिके नुन आपूर्ति गर्दै आए पनि पछि आयोडिनयुक्त नुन वितरण गर्नुपर्ने आवश्यकता महसुस गर्दै आयेडिनयुक्त नुन आपूर्ति गर्न थालेको थियो । हाल देशभर आयोडिनयुक्त नुन पु¥याउन सफल भएको जनाइएको छ ।
समय बित्दै जाँदा संस्थानले विभिन्न प्रकारका उद्योग तथा अन्य वस्तुको व्यापार पनि सुरु गरेको थियो । संस्थानकै नेतृत्वमा गोरखकाली रबर उद्योग स्थापना भएको थियो । त्यस्तै, आवश्यकताअनुसार खाद्य उत्पादन, कृषि उत्पादन, निर्माण सामग्री (सिमेन्ट), कागज तथा सम्बद्ध उत्पादन, कोइला, टायर तथा सम्बद्ध उत्पादन, एलपी ग्यास, चिनी, मल, छपाइका लागि चाहिने विभिन्न प्रकारका कागजलगायतका तथा उत्पादन बिक्री गर्दै आएको छ । नेपालका प्रमुख चाडपर्व मानिने दसैँ, तिहार, छठलगायतका अवसरमा संस्थानले सहुलियतपूर्ण पसल सञ्चालन तथा सहयोग गर्दै आएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी) लिमिटेड नेपाल सरकारको सार्वजनिक–निजी साझेदारी (पिपिपी) ऐनअन्तर्गत विकासोन्मुख मुलुकका लागि पिपिपीको उपयोगिताको प्रयोगका रूपमा स्थापित नेपालको सबैभन्दा ठूलो व्यापारिक संस्था हो ।

सेवाको दीर्घकालीन रूपमा एसटिसीले अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू (नेपाल सरकारको ग्याजेटमा सूचीकृत)को उचित आपूर्ति र वितरण सुनिश्चित गर्न, कालोबजारी (बजार नियमन र कृत्रिम अभावलाई नियमन गर्न) र नेपालमा औद्योगिक विकासमा ठूलो योगदान पु¥याउँदै आएको जनाइएको छ ।