आज विश्व माटो दिवश मनाइँदै

२०८२ मंसिर २० गते प्रकाशित

काठमाडौं– आज १२औँ विश्व माटो दिवस, नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ । ‘स्वस्थ माटो स्वस्थ गाउँ सहर’ नाराका साथ यसवर्ष पनि विश्व माटो दिवस २०२५ मनाइँदै छ । माटोको गुणस्तर बारेमा प्रचारप्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी माटो दिवस मनाइन लागिएको हो ।

नेपालले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरू जस्तै कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०, खाद्य तथा कृषि संगठन, नेपाल माटो समाज, एनएसएफ(सिम्याट, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, प्राक्टिकल एक्सन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना तथा अन्य निकायहरूको साझेदारी र सहभागितामा विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गरी विश्व माटो दिवस मनाउने तयारी गरेको छ । नेपालको प्राकृतिक अवस्थिति र भौगोलिक अवस्था अनि उपलब्ध कृषियोग्य भूमि र त्यसबाट हुने औसत उत्पादनलाई मध्येनजर गरी नेपाललाई एउटा जोखिमयुक्त खाद्य सम्प्रभुता भएको देशको रूपमा सूचीकृत गरेको छ ।